
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार १ अमेरिकी डलरको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा तय गरेको छ। बिक्री दर भने १२० रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
१ यूरोको खरिद दर १३५ रुपैयाँ ७५ पैसा रहँदा बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ ।
१ पाउन्ड स्टलिङ खरिद दर १५८ रुपैयाँ ७५ पैसा तथा बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । १ फ्रेङ्कको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा छ ।
अष्ट्रेलियन १ डलरको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ । आज क्यानेडियन १् डलरको खरिद दर ९३ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९३ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा छ भने चिनियाँ यूआन १ को खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरबियन रियाल १ को खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा छ । कतारी रियाल १ को खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij