
Aug 25 2025 | २०८२, भदौ ९ गते
भारत । भारतको नागाल्यान्डमा सैन्य अपरेसनका क्रममा सर्वसाधारणलाई गोली लाग्दा गाउँका १३ जनाको मृत्यु भएको छ ।
वाास्तवमा सुरक्षा बललाई म्यानमारसँगको नाका नजिक एउटा विशेष अपरेसनमा खटाइएको थियो । त्यसैले सम्भावित विद्रोहीहरुबारे गोप्य खबर पाएपछि सेना ओटिङ गाउँ पुगेको थियो । तर उनीहरुले गाउँकै मानिसहरु लिएर जाँदै गरेको एउटा गाडीमाथि हमला गरि गोली चलाएको श्रोतले बताएको छ ।६ जनाले घटनास्थलमै ज्यान गुमाएको र दुई जनाको अस्पताल लैजादा बाटोमै मृत्यु भएको थियो ।
यसबीच दुईपक्षमा अर्को झडप हुँदा सेनाले प्रतिरक्षामा चलाएको गोली लागेर थप ५ जना सर्वसाधारणले ज्यान गुमाएको र अन्य ६ घाइते भएको बताइएको छ । एकजना सेनाको झडपमा मृत्यु भएको बताइएको छ । साथै सेनाका तीन गाडीहरुमा पनि आगो लगाइएको थियो ।
यता गलत अफवाह फैलन नदिन भनेर सो जिल्लाभरि मोबाइल इन्टरनेट र एसएमएस सेवा अवरुद्ध गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij