
Apr 08 2025 | २०८१, चैत २६ गते
इन्डोनेसिया । जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ । माउन्ट सुमेरुबाट खरानी निस्कीएकोले स्थानीयलाई नराम्ररी असर पारेको छ ।
ज्वालामुखीबाट निस्कीएको आगोले जलेर कम्तीमा ४१ जना घाइते छन् । मृत्यु हुनेको संख्या बढन सक्ने भनिएको छ । ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो ।
ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सीले ज्वालामुखी विष्फोटमा परी घाइतेहरुको उपचार भइरहेको जनाएको छ । विष्फोटपछि त्यस क्षेत्रमा बिजुली र टेलिफोन सेवा अवरुद्द छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij