
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।
शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझैपनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij