
Apr 08 2025 | २०८१, चैत २६ गते
पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट सहरमा एक श्रीलंकाली नागरिकलाई ईश्वरनिन्दाको आरोपमा हत्या गरेकाे थियाे ।
एकातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानका लागि ‘अत्यन्तै लाजमर्दो दिन’ भनेका छन् । अर्कोतर्फ यो देशका जनता ‘हामी के बनेका छौं’ भनिरहेका छन् ।
शुक्रबार सियालकोटको कारखानामा काम गर्ने श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई ईश ईन्दाको आरोपमा कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि उनको शव जलाएको थियो।
घटना सम्बन्धित भिडियो तथा तस्विरहरु चल्न थालेपछि राजनीतिज्ञ, कूटनीतिज्ञ, समाजसेवी र आम जनताले पनि यो घटनाप्रति आक्रोश र दुःख व्यक्त गरेका छन् । उक्त घटनाबाट मुलुकमा बढ्दै गएको कट्टरपन्थीप्रति ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले इमरान खानको ट्विटलाई रिट्वीट गर्दै यो निकै दुखद दिन भएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij