
Apr 08 2025 | २०८१, चैत २६ गते
मिन्स्कः मध्य युरोपेली मुलुक बेलारुसमाथि अमेरिका, क्यानडा, बेलायत र युरोपेली संघ (इयु) ले नयाँ प्रतिबन्ध लागू गरेका छन्।
बेलायतका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोको सरकारले युरोपेली संघको सीमामा मानवअधिकार उल्लंघन गरेको र आप्रवासी ओसारपसार गर्न गोप्यरुपमा योजना बनाएको आरोप अमेरिका, बेलायत, क्यानडा र युरोपेली संघले लगाएका छन्।
सो आरोपमा दुई उत्तर अमेरिकी मुलुक, बेलायत र संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बेलारुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।
अघिल्लो महिना पोल्याण्डले आफ्नो मुलुक प्रवेश गर्न खोज्ने सयौं आप्रवासी र शरणार्थीलाई रोक लगाएपछि जबर्जस्ती प्रवेश गर्न खोज्ने हजारौं आप्रवासी र सम्बन्धित निकायबीच झडपसमेत भएको थियो। सो समूहलाई रोक्न सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij