Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

 सुनको मूल्य तोलामा २०० ले घट्यो, 

 सुनको मूल्य तोलामा २०० ले घट्यो, 

  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    images
    images
    images

    शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ ।  बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij