
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । एनएमबि बैंक विश्वकै प्रतिष्ठत अवार्ड पाएको जनाएको छ । ‘द बैंक अफ द इयर एसिया २०२१’ अवार्ड नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबिलाई प्राप्त भएको दाबी गरिएको छ ।
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन द बैंकरको निर्णयक मण्डलले ‘द बैंक अफ द इयर एसिया २०२१’ अवाडको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि यो पुरस्कार पाउने पहिलो नेपाली बैंक हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीलाई पछि पार्दै एनएमबि एसियाकै उत्कृष्ट बैंक घोषित भएको जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबिले ५ वर्षमा चौथोपटक द बैंक अफ द इयर एसिया २०२१ अवाड पाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij