Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

शेयर बजार राताम्मे 

शेयर बजार राताम्मे 

  • काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

    images
    images
    images

    आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ ।

    images

    कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पाँच सय सात रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता चार सय १३ रुपैयाँ १० पैसा पुगेको छ । 

    यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij