Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ओमिक्रोन देखिएसँगै दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

ओमिक्रोन देखिएसँगै दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

  • दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् । पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण  कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । 

    images
    images
    images

    निकै घातक मानिएको यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएको थियो । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा यो भाइरस देखिएको छ । अमेरिका र नाइजेरियमा  दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । 

    नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । अहिले प्रयोगमा अ‌ाइरहेका खोप अ‌ोमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । 

    नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएको गुनासो गर्दै अ‌ाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij