Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग 

साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग 

  • काठमाडौं । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।

    images
    images
    images

    आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग  (कोइका) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरे ।

    उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।

    कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी छ वर्षभित्रमा पूरा गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij