Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित : ‘मोम्चो’ प्रकाशन

युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित : ‘मोम्चो’ प्रकाशन

  • चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

    images
    images
    images

    भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै, पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । उनले भने “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।”

    कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ ।

    यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा कृतिको सार्वजानिक हुने उनले जानकारी दिए । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij