Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार : प्रतिवेदन

अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार : प्रतिवेदन

  • क्यानवेरा । अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको  एउटा प्रतिवेदनमा जनाइएको छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै यौन दुर्व्यवहार भएको गुनासो सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएको हो । उनको भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने यौन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए । 

    images
    images
    images

    दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएको यौन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन् । 

    प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार सामना गरेको उल्लेख छ । उनीहरुको यौन दुर्व्यवहारको अनुभवले संसदको गरिमामाथि नै प्रश्न खडा भएको छ ,जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट मोरिसनले डरलाग्दो बताएकी छन् । 

    संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्को कानले उडाइ दिएको प्रधानमन्त्री मोरिसनमाथि अ‌ारोप लाग्दै आएको थियो ।  

    अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ोटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले यौन दुर्व्यवहार सामना गरेका छन् । यो संख्या दुर्व्यवहारमा परेका कर्मचारीकोभन्दा धेरै हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij