
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिबार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ ।
उक्त कार्यशालामा हाल बजारमा देखिएको तरलता अभावलाई दृष्टिगत गरिएकाे छ । व्यापार सम्बन्धि विकास र विस्तार गर्न अवलम्बन गरि आगामी रणनीतिबारे छलफल गरिएको थियो ।
कार्यक्रममा कम्पनीको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारी उपस्थित थिए । एयरपोर्ट होटल काठमाडौंमा आयोजना गरिएको कार्यशालामा व्यापार प्रवर्द्धनका लागि थप रणनीतिक योजना, कार्यक्रम, प्रडक्टलगायत विषयमा छलफल भएको कम्पनीले बताएको छ । कम्पनीले हाल पाँच शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij