Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विदेशी मुद्राको आजको विनिमय दर

विदेशी मुद्राको आजको विनिमय दर

  • काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ५६ पैसा कायम गरेको छ । 

    images
    images
    images

    युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९८ पैसा छ ।

    युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३१ पैसा र बिक्री दर १६१ रुपैयाँ ११ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४७ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २८ पैसा रछ । 

    जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।         
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij