Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा ७ जनाको मृत्यु , ३८ जना बिरामी

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा ७ जनाको मृत्यु , ३८ जना बिरामी

  •  

    onlinepatrika
    Arghakhachi


    काठमाडाैँ । तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा ७ जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन्। 

    AGNI GROUP

    तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले कछुवाको मासु खान प्रतिबन्ध लगाएको छ। 

    तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ। यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।


    टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ।  विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो असर गर्ने हुन्नाले संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ। एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij