Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

भानुमतिको प्रचार गर्न राउतको ११ दिने ध्यान 

भानुमतिको प्रचार गर्न राउतको ११ दिने ध्यान 

  • खोटाङ ।  खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीका खगेन्द्र राउत धार्मिक तथा पर्यटकीयस्थल भानुमतिको प्रचार प्रसार गर्ने उदेश्यले ११ दिन ध्यानमा बसेका छन् । आफू शिवभक्त भएको दाबी गर्दै उनी जन्तेढुंगा गाउँपालिका(५ चिसापानीस्थित सावाखोला किनारमा रहेको भानुमति मन्दिरमा ध्यानमा बसेका हुन् । भारतको काशीको झैं धार्मिक अस्तित्व बोकेको यो मन्दिर प्रचारप्रसार अभावमा ओझेल परेपछि उनी ६ मंसिरदेखि ध्यानमा बसेका हुन् । उनको ध्यान १७ मंसिरमा सकिँदै छ ।

    images
    images
    images

    सात वर्षदेखि अन्न नखाएको दाबी गर्ने राउतले यसअघि पाथीभरामा चार दिन, हलेसीमा तीन दिन तीन रात, बराहपोखरीमा १८ घण्टा ध्यानमा बसिसकेको बताएका छन् ।लिकुवापोखरीको लेगुवामा नौ रात नौ दिन गुफा बसेका उनी यसपटक भानुमतितर्फ सबैको ध्यान तान्न ध्यानमा बसेको स्थानीयले बताएका छन् । 

    images

    भानुमतिलाई भानुमति गंगा पनि भन्ने गरिन्छ । दक्षिणबाट उत्तरतर्फ बगेको खोला भएकाले यस स्थानलाई उत्तर वाहिनी पनि भन्ने गरिन्छ । काशी पुग्न नसक्ने तिर्थयात्री भानुमतिमा पुगेर पूजाआजा गर्ने गरेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए । ‘काशीमा पुग्ने नेपालीलाई भारतीयले काशी त नेपालमै छ । किन यहाँ आएको भन्दा रहेछन्,’ विष्टले भने, ‘यत्तीको महत्वपूर्ण धार्मिकस्थल भए पनि भानुमति ओझेलमा छ । राज्यले यसलाई देखेको छैन ।’ 

    पुरानो महादेवको मन्दिर मात्रै रहेको भानुमतिमा सभापति विष्टकै पहलमा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७७र०७८ मा प्राप्त १९ लाखबाट नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दिरमा पार्वती वा गणेशमध्ये एकको मुर्ति राख्ने तयारी छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij