
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । काठमाडौं प्रहरी परिसरको टोलीले कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा ५ जना जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । यस पक्राउमा २० बुक ताससहित पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा घर धनी ४४ वर्षीय कार्की, पेप्सीकोला बस्ने ४४ वर्षीय नवराज थपलिया, ४० वर्षीय दीपक तामाङ, ललितपुरको लुभु ३२ वर्षीय दीपक तिम्लसिना र कोटेश्वर बस्ने ३० वर्षीय सागर केसी छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij