Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी बरामद

भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी बरामद


  • जलेश्वर । भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij