
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।
दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij