Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

छात्रावास भवन पर्याप्त नहुँदा टुहुरा विद्यार्थी मर्कामा

छात्रावास भवन पर्याप्त नहुँदा टुहुरा विद्यार्थी मर्कामा

  • तनहु । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रावासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।

    images
    images
    images

    उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु–आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रावास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।

    झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रावासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रावासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रावासमा राख्न सकिने अवस्था थियो । उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij