Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

  • काठमाडौँ । प्राइम कमर्सियल बैंकले ६ पुसमा १४औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । 

    images
    images
    images

    बैंकले सभामा भाग लिने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने जनाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २२ मंसिरमा बुक क्लोज गर्दैछ । यसअनुसार २१ मंसिरसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

    सभामा  गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत गरी कुल १६ दशमलव ६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७र७८ को वासलात, नाफा(नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

    प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्नेरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको एजेन्डा छ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij