
Aug 23 2025 | २०८२, भदौ ७ गते
पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij