
Aug 23 2025 | २०८२, भदौ ७ गते
ट्राफिक कार्यालयका प्रमुख डोलिन्द्रबहादुर हमालका अनुसार ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ । “सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा सात हजार ६४० जना लाभान्वित भएका छन् ।”
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ
कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिए। पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्रगति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ ।
चालु आवमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ९३ पटक गरी १६ हजार ७१५ थान पर्चा पम्प्लेट वितरण गरिएको हमालले बताए । ‘चालकसँग एक मिनेट’ कार्यक्रमअन्तर्गत चालु आवमा २७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार ८९७ चालक सहभागी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij