
Jun 16 2025 | २०८२, असार २ गते
आजको नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।
काठमाडौं । आज देशका अधिकांश स्थानमा नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो । आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।
यसअघि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अन्यत्र जिल्लाको अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ।
सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका कांग्रेसले सार्वजनिक भएको छ । आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij