
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बगंलाचुली गाउँपालिका–२ टाकुरे बस्ने ३९ वर्षीय टोप बहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । टोप बहादुरले कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्किदा सोही ठाउँ बस्ने ४१ वर्षीय भोज बहादुर घर्तीलाई लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij