
Aug 23 2025 | २०८२, भदौ ७ गते
प्रहरीले पर्साका दिवाकर साहलाई एक हजार ३ सय ५० थान लागु्औषधसहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४५ प ११६४ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट लागुऔषध नुफ्रिन ४ सय ५० एम्पुल, डाइजोपाम ४ सय ५० एम्पुल र प्रोमिफाइजाम हाइड्रोकोलोराइड ४ सय ५० एम्पुल गरी कुल १ हजार ३ सय ५० एम्पुल लागुऔषध बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij