
Apr 19 2025 | २०८२, वैशाख ६ गते
– नरिश्वर गौतम
काठ कुँदी ठेकी
बेतबाट ढक्की
चोयाबाट डाली
पातैपाते थाली ।
धागो बुनी टोपी
लाऊँ कानै छोपी
मोजा गलबन्दी
भाग्छ जाडो ठण्डी ।
परालको गुन्द्री
सुनबाट मुन्द्री
कागजको डुङ्गा
फिरफिरे चङ्गा ।
धान कुट्ने ढिकी
निधारमा टिकी
उखु पेल्ने कोल
काठ बाली गोल ।
पढ्नुपर्छ अक्षर
बन्नुपर्छ साक्षर
लेख्न कापी, कलम
नुनु गर्न पलङ ।।
लेखक बाल साहित्यका चर्चित साहित्यकार हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij