
Jun 16 2025 | २०८२, असार २ गते
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी जिल्ला कमिटिका पूर्व सदस्य एवं पूर्व जनप्रतिनिधि रामप्रसाद तिमल्सिना, ललितपुर महालक्ष्मी नगरपालिकाका वाइसिएल इन्चार्ज वीरमान तामाङसहित जिल्लाका मुख्य भूमिकामा रहेका २ सय ५० नेताले पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग घोषणा कार्यक्रममा महालक्ष्मी नगरपालिकाका ९ र वडाका अधिकांश माओवादी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य एवं माओवादी तर्फबाट महालक्ष्मी नगरपालिका( ९ का वडा अध्यक्षका प्रत्यासी मोहनकृष्ण तण्डुकार, वाइसिएल नगर सचिव निर्मल केसी, चन्द्रबहादुर तामाङ, पूर्ण तामाङलगायत रहेका छन् ।
कार्यक्रममा महालक्ष्मी नगर सदस्य तिमल्सिनाले पार्टीमा उचित सम्मान र भूमिका नदिएको र जनयुद्धको भावनाअनुरुप काम नभएकाले पार्टी परित्याग गरेको बताउनुभयो । कार्यक्रममा सहभागी एक युवाले महालक्ष्मी (९ लामाटरका सबै एमाओवादी सम्बद्ध पार्टीका कार्यकर्ता र महालक्ष्मी - १० लाकुरीभञ्ज्याङका आधाभन्दा धेरै नेता कार्यकर्ताले पार्टी छोडेको बताए ।
कार्यक्रममा नगर वार्एसिएल इन्चार्ज तामाङले पार्टी परित्याग गरेको घोषणा गरेको भएपनि कुन पार्टीमा प्रवेश गरेको भन्ने विषयमा खुलाउन चाहनु भएन । यद्यपि, पार्टी परित्याग कार्यक्रममा बागमती प्रवेश एमाले कमिटी सदस्य चिरिञ्जीवी आचार्यसहित एमाले निकट पत्रकारहरू समेत नित्याइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij