
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेनको आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कोरोना भाइरसको महामारीका कारण २०७६ सालपछि हुन नसकेको शहीद स्मारक लिग शुक्रबारदेखि सुरु हुँदैछ । बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए । यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए । कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरुप एन्फालाई १ करोढ ५० लाखभन्दा बढी रकम दिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij