
Aug 23 2025 | २०८२, भदौ ७ गते
ललितपुर । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ ।
पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए । पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij