
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर। ग्लोबल आईएमई बैंकले महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलईडी टेलिभिजन सेट सहयोग गरेको छ । परिसरमा निर्माणाधीन स्मार्ट कन्ट्रोल रुमको लागि टिभी सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई टिभी हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर शान्ता सिवाकोटी तथा ब्राण्डिङ एण्ड सि.एस.आर युनिटका ईन्चार्ज सुर्दशन राज गुरुङसहितको टोलीले निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमको अवलोकन समेत गरे । स्मार्ट कन्ट्रोल रुमबाट जिल्लाका महत्वपूर्ण स्थान तथा नाकाहरुको निगरानी गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij