
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमनका क्रममा सातदोबाटोस्थित सेल्सबेरीलाई रु ५० हजार जरिवाना तिराएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चकलेट अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएको हो ।
बस्नेत नेतृत्व टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजश्व कार्यालय लगनखेल तथा महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij