
Apr 22 2025 | २०८२, वैशाख ९ गते
बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १/१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३ औं संस्करणमा इतिहास रचेको हो ।
काठमाडौं । अञ्जन बिष्टको बराबरी गोलसँगै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १/१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३ औं संस्करणमा इतिहास रचेको हो ।
खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्यो । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij