
Apr 05 2025 | २०८१, चैत २३ गते
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यले कोरोना कालमा नागरिकलाई सचेत र सुरक्षित बनाउन प्रहरीको सक्रियता अहोरात्र रहँदै आएको औल्याए ।
ललितपुर । ट्राफिक प्रहरी कार्यालय सातदोबाटोले सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।
६६ औं प्रहरी दिवसको अवसरमा 'तपाईँको मास्क खोई ?' अभियान पारेर मास्क वितरण गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक नरेश शाहीका अनुसार स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन जनचेतना फैलाउँदै मास्क वितरण गरिएको हो ।
प्रहरी दिवसकै अवसर पारेर 'तपाईँको मास्क खोई ?' अभियानको कार्यक्रमका प्रमुख अतिथि नायब प्रहरी महानिरिक्षक राजेशलाल कर्णले नागरिक आफैले पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोनालाई हराउन प्रहरीको यो अभियानले निकै सार्थकता पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यले कोरोना कालमा नागरिकलाई सचेत र सुरक्षित बनाउन प्रहरीको सक्रियता अहोरात्र रहँदै आएको औल्याए ।
यस्तै, ट्राफिक प्रहरी ललितपुरका प्रमुख नरेश शाहीले नागरिकको स्वास्थ्य सतर्कतामा प्रहरीले सँगसँगै अभियान अन्तर्गत तपाईँको मास्क खोई भन्ने नारासहित आत्मियताको भावनाले अभिप्रेरित रहँदै आएको बताए ।
मास्क वितरणलाई विशेष ध्यान दिइएको सो कार्यक्रममा स्थानीय समाजसेवी, टोल सुधार समिति, महिला समूहलगायत विभिन्न दर्जाका प्रहरीको उपस्थिती रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij