
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल एल.पी ग्यास संघको केन्द्रीय अध्यक्षमा कुश प्रसाद मल्ली निर्वाचित भएका छन् । संघको २६ औं वार्षिक साधारण सभा र १० औं अधिवेशनले मल्लीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यस्तै, संघले विशिष्ठ सदस्यमा राजेन्द्र डल्लाकोटीलाई समावेश गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ, उपाध्यक्षद्धयमा मनोजकुमार दास र दिवान चन्द निर्वाचित भएका छन् । यसैगरि, महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्ताेला र सचिवमा आशिष अग्रवाल जजोदिया निर्वाचित भए ।
साथै, सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, बाबुराम पोखरेल, योगेश घिमिरे, सुदिप घिमिरे, योगेश पौडेल, अमित अग्रवाल, आयुष नेपाल र मनोज बुढाथोकी निर्वाचित भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij