Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्सेमा पहिरो, लगानीकर्ताको पीडा गहिरो !

नेप्सेमा पहिरो, लगानीकर्ताको पीडा गहिरो !

  • काठमाडौं । आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८ दशमलव २६ अंकले घटेर बन्द भएको हो । बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो । 

    images
    images
    images

    आइतबार २२३ कम्पनीका दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २४ करोड तीन लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९ दशमलव ४६ र जीवन बीमा समूह ५११ दशमलव ७८ अंकले घटेको हो । 

    अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

    नेप्सेका अनुसार आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अरु १३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ता घाटामा गएका छन् । १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij