Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारी संचालकमाथि 'साइबर हमला'

सहकारी संचालकमाथि 'साइबर हमला'

  • पटकपटक सहकारीकर्मीलाई दुःख दिँदै आइरहेको पात्रको पहिचान खोज्दै सहकारीकर्मीहरु साइबर व्यूरो जाने तयारीमा रहेको अनलाइन पत्रिकासँग सम्पर्कमा आएका एकजना सहकारीकर्मीले बताए ।  

    onlinepatrika
    Arghakhachi

    ललितपुर ।

    AGNI GROUP

    इन्द्र घिमिरे । हाम्रो बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक हुन् । बिहानै प्रमुख कार्यकारी निर्देशक  घिमिरेले सामाजिक संजालमा एउटा 'स्क्रिन सट' पोष्ट गर्दै लेखे, ‘फटाहाहरूले कोड माग्लान् होसियार है । रमेश चौलागाईँको नामबाट पासवर्ड परिवर्तनको लागि यस्तो मेसेज आयो । उहाँलाई कल गर्दा, होईन अरूको पनि फोन आयो भन्नूभयो ।' 

    घिमिरेले सहकारीकर्मीलाई सचेत गराउन यो 'स्क्रिन सट' पोष्ट गरेको बताईरहँदा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईँले पनि प्रतिक्रियामा एउटा स्क्रिन सट पोष्ट गरेका छन् । अध्यक्ष बजगाईँसँगको 'स्क्रिन सट' मा घिमिरेले किटान गरेकै पात्रले 'हेलो नमस्कार' भनेर लेखेका छन् ।

    यस्तै हाम्रो साकोसका प्रमुख कार्यकारी निर्देशक घिमिरेले सतर्कताका लागि 'स्क्रिन सट' पोष्ट गरेपछि धेरै सहकारीकर्मीहरुले आफ्ना कुरा सार्वजनिक गरेका छन् । जसमा किशोर घिमिरेले पनि 'मोबाइल बैकिङ छ ?' भनेर सोधेको एउटा स्क्रिन सट पोष्ट गरेका छन् । 

    त्यस्तै विवश घिमिरेसँग पनि उही पात्रले २१००० हजार रुपैयाँ मागेको 'स्क्रिन सट' सार्वजनिक गरेका छन् । सहकारीकर्मीहरुसँग कोड नम्बर, मोबाईल बैकिङ र पैसा सापट मागेका ती पात्रको प्रोफाइलमा हेर्दा उनका धेरैजसो सहकारीकर्मी साथीहरु देखिन्छ । पात्रको पहिचान खोज्दै सहकारीकर्मीहरु साइबर व्यूरो जाने तयारीमा रहेको अनलाइन पत्रिकासँग सम्पर्कमा आएका एकजना सहकारीकर्मीले बताए ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट