
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्यो । यसअघि पनि जोर–बिजोर प्रणालीमा ट्राफिक प्रहरीले कडाइ गरेको थिएन । यद्यपी कतिपय सवारी धनीले यो नियम पालना गरिरहेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले जोर(बिजोर कायम गर्दा सवारीभित्र सार्वजनिक भीड बढेको निष्कर्ष निकालेको थियो ।शुक्रबारबाट नियम हटेपछि काठमाडौं उपत्यकाभर नै सडकमा चहलपहल बाक्लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सकडमा शुक्रबार महामारी सुरु भएपछिकै उच्च चाप देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij