Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो नेप्से : आज कसले कमायो र कसले गुमायो ?

घट्यो नेप्से : आज कसले कमायो र कसले गुमायो ?

  • आज भएको कारोबारमा १४ कम्पनी लागनीकर्ताले कमाउँदा १७२ कम्पनीमा लगानीकर्ताहरुले गुमाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) ६९ दशमलब ०५ अंकले घटेर २९७५ दशमलब ८४ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ३३ अकंले घटेर ५५० दशमलब ५३ अकंमा पुगेको छ ।

    AGNI GROUP

    आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैंया बराबरको २ करोड ३१ लाख ०९ हजार ७ सय १३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ३० हजार ७ सय ७४ पटक लेनदेन भएको छ ।

    कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी, अपी पावर, नेपाल बैँक, गुडविल फाइनान्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिटिजन म्यूचल फण्ड, अरुण भ्याली हाइड्रोपावर, सनराईज फस्ट म्यूचल फण्ड, नेपाल बैंक, लिमिटेड, अपि पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

    आज सबैभन्दा धेरै कमाउनेमा कर्णाली डेभल्पमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त, सर्पोट माईक्रोफाइनान्स, कर्पोरेट डेभल्पमेन्ट बैंक, सिटिजन म्यूचल फण्ड लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन् भने सबैभन्दा धेरै गुमाउनेमा भने रुरु जलविद्यृत, माउटेन इनर्जी, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्त, घलेम्दी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij