Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बाटोको बिजोग भएपछि मेयरको कठालोमा जनताको हात (भिडियो)

बाटोको बिजोग भएपछि मेयरको कठालोमा जनताको हात (भिडियो)

  • टोपी लगाएका र हातमा लौरो बोकेका एक व्यक्तिले मेयरको छातीमा समाउँदै बाटो बिग्रिएको र नबनाएको भन्दै आक्रोसित हुँदै बोलेको भिडियोमा देख्न सकिन्छ ।

    images
    images
    images

    काठमाडौं । दोलखाको मेलुङ गाउँपालिकाका मेयर नरबहादुर श्रेष्ठमाथि बाटोको बिजोग भएको भन्दै छातीमा समातेर लछारपछार गरेका छन् । अध्यक्ष श्रेष्ठमाथि सार्वजनिक स्थलमै छातीमा समाएर बाटोमा आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    टोपी लगाएका र हातमा लौरो बोकेका एक व्यक्तिले मेयरको छातीमा समाउँदै बाटो बिग्रिएको र नबनाएको भन्दै आक्रोसित हुँदै बोलेको भिडियोमा देख्न सकिन्छ । गाउँको बाटो वर्षासँगै बिग्रिएको र गाउँपालिकाले नबनाएको आक्रोस स्थानीयको छ । 

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालले भने यो घटनाप्रति घोर आपत्ति जनाएको छ । महासंघको बागमती प्रदेश समितिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले विज्ञप्ति जारी गर्दै कार्यस्थलमा गरिएको दुव्र्यवहार नियोजित रहेको जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij