
Jun 16 2025 | २०८२, असार २ गते
स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोली सोमबार स्वदेश फर्किंदैछन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।
मुलुकमा एमालेभित्रको चरम शक्ति संघर्षका बेला उपचारमा रहेका खनाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन् । नेपाल आइपुगे लगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij