Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सर्वाेत्तम सिमेन्टको शेयर विवादमा तानिएका नेप्सेका सीईओ चन्द्रसिंहले गरे बाईबाई

सर्वाेत्तम सिमेन्टको शेयर विवादमा तानिएका नेप्सेका सीईओ चन्द्रसिंहले गरे बाईबाई

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदकी श्रीमतीको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको विवरणले अर्थ बजारमा हंगामा पिटेको थियो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा राजीनामा बुझाएर उनी बाहिरिएका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उनले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा परेका थिए ।

    AGNI GROUP

    साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएपछि यसले अर्थ बजारमा हंगामा पिटेको थियो । यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको थियो । अन्ततः मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij