Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य गिरावट आएको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । त्यस्तै आज १ हजार रुपैयाँले घटेर सुनको मूल्य ८९ हजार कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार ९१ हजार ५ सय रहेको सुनको मूल्य आइतबार एकै पटक तोलामा १ हजार ५ सयले गिरावट आएको थियो ।

    त्यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रहेको छ ।

    आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । आइतबार चाँदीको मूल्य १२ सय ४० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय १५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij