Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

  • ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोडबराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजारबराबरको सेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।

    onlinepatrika
    Arghakhachi

    बाँकी ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख पचास हजार रकमबराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण सेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले जानकारी दिए ।

    AGNI GROUP

    बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी सेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

    उक्त सेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य सेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनीका सञ्चालक नवीन महर्जनले बताए । त्यहाँका नागरिकले खरिद गरेका सेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट