
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । यसअघि प्राधिकरणको कार्यकारी प्रमुख भएर घिसिङले १८ घण्टासम्मको लोडसेडिङ हटाउनेदेखि प्राधिकरणलाई नाफा लगेको भन्दै उनको पुनः नियुक्तिको माग गरिएको थियो ।
तर, तत्कालीन सरकारले पुनः नियुक्ति नदिएपछि घिसिङले २०७७ भदौ २८ गते अवकाश पाएका थिए । कुलमान बिदा भए लगत्तै हितेन्द्रदेव शाक्यलाई प्राधिकरण प्रमुख बनाइएको थियो ।
प्रधानमन्त्री देउवाले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij