
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बिहीबार (आज)साँझसम्म १० लाख ५४ हजार ५ सय ४५ आवेदकबाट २ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धकले सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले मङ्सिर २९ गतेदेखि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको थियो । ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij