Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मोरको टिकापछि परिसंघमा प्रफुल्लित विष्णु

मोरको टिकापछि परिसंघमा प्रफुल्लित विष्णु

  • bishnu agrawal.jpg

    onlinepatrika
    Arghakhachi

    नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभाले अध्यक्षमा विष्णुकुमार अग्रवाललाई चयन गरेको हो ।

    AGNI GROUP

    काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व समालिसक्नुभएका अग्रवाल परिसंघको पूर्वाधार विकास समितिको सभापति समेत थिए । परिसंघको साधारणसभाले ३७ जना राष्ट्रिय परिषद सदस्यपनि चयन गरेको छ ।

    जसमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुण कुमार तोडी, सुुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई हुनुहुन्छ ।

    प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन हुनुभएको छ । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij