
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बढेको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ८ सय रहेको थियो भने आज सुनको मूल्य बढेर प्रतितोला छापावाला सुन ९३ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदी १२ सय ९० रहेकोमा आज १२ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij