
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सहकार्यका लागि सम्झौता भएको छ । सोमवार नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।
ग्लोबल कलेजका विद्यार्थीहरुलाई नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ भने जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । त्यस्तै बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने सम्झौतामा उल्लेख गरिएको छ ।
नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij